बैशाख २४, २०८१, सोमबार
               

प्रवक्ता श्रेष्ठ भन्छन् : पार्टी एकताको रक्षा भएको छ

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टीक नेता तथा प्रवक्ता नेकपाका  नारायणकाजी श्रेष्ठले  पार्टी एकताको रक्षा सुनिश्चित भएको बताएका छन् । 

प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । 

‘पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको र त्यसले कामसमेत थालिएको छ,’  उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

यसका अलवा उनले कोभिड–१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततः राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेस गर्ने बताएका छन् ।

‘एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टी भित्र केही बिषयमा कुनै छलफल ,बहस र सँघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ ।

लामो विवादपश्चात दुई अध्यक्षबीच विवाद समाधानका लागि कार्यदल बनाइ अघि बढ्ने सहमति भएको छ ।हाल सो समितिले विवाद समाधानका काम गरिरहेको बताइएको छ ।

यो पनि