जेठ ०८, २०८१, मंगलबार
               

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष पक्राउ

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् ।

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुर गरेको अभियोगमा उनी शुक्रबार पक्राउ परेका हुन् । 

उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको अभियोगमा उनलाई पक्राउ गरिएको रामेछाप प्रहरीले जानकारी दिएको छ । खड्का नेकपाको तर्फबाट अध्यक्ष भएका थिए । 

हाल उनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निलम्बन गरेको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि