बैशाख २४, २०८१, सोमबार
               

प्रवक्ता श्रेष्ठ भन्छन् : प्रधानमन्त्रीले विवेक पुर्‍याएर निष्कर्ष निकाल्नुपर्छ

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण तत्काल धेरै मात्रामा मानिस जम्मा हुन नमिल्ने भएकाले कुनै ठूला कमिटी र बैठक बस्ने सम्भावना नरहेको बताएकै दिन गृहजिल्ला पुगेका श्रेष्ठले यस्तो बताएका हुन् । 

गृहजिल्ला पुगेका उनले एकीकरणपश्चात् पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्रीसमेत भएको नाताले उनले बैठकमा उपस्थित हुनुपर्ने बताए ।

‘पार्टी एकीकरण पछिको पहिलो अध्यक्ष ओली नै हुनुुहन्छ, प्रधानमन्त्री पनि उहाँ नै हो,’ उनले भने, ‘त्यसैले उहाँ बैठकमा आउनैपर्छ, अरुको कुरा सुन्ने र आफ्नो कुरा राखेर पार्टीभित्र भएको विवादको निकास दिनुपर्छ, यो उहाँकै जिम्मेवारी हो ।’

बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओलीले विवेक पुर्‍याएर निष्कर्ष निकाल्नु श्रेष्ठको भनाइ थियो । 

ओलीले पार्टी अध्यक्ष वा प्रमबाट राजीनामा दिने भन्ने कुरा पार्टीको औपचारिक प्रस्ताव बनिनसकेको समेत श्रेष्ठले बताए ।

उनले भने, ‘पार्टी र सरकार दुवै राम्रोसँग चलाउन र सच्याउनका लागि यसो गर्नुपर्छ भनेर व्यक्तिगत विचारहरु प्रकट भएका छन्, तर पार्टीको औपचारिक प्रस्ताव भने होइन।’

यो पनि