मंसिर ०७, २०८१, शुक्रबार
               

देउवा आसन्न महाधिवशनलाई प्रभावित पार्ने गरी अघि बढेको पौडेल समूहको निष्कर्ष

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवा आसन्न महाधिवेशन प्रभावित पार्ने रणनीतिका साथ अघि बढेको निष्कर्ष निकालेको छ । 

आइतबार बालाजुस्थित नेता अर्जुननरसिंह केसीको निवासमा बसेको पौडेल समूहका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गर्ने उल्लेख छ,  तर १३ औँ महाधिवेशनबाट सभापति बनेका देउवाले चारवर्षे कार्यकालभर विभाग  नबनाइ महाधिवेशनको मुखमा विभाग गठन गरी महाधिवेश प्रभावित पार्न खोजेको आरोप छ । 

२०७७ फागुन ७–१० मा पार्टीको १४ औँ महाधिवेशन गर्ने निर्णय भएको र त्यसको अवस्थामा विभागमा मनोनयन तीब्र  बनाएका छन् ।
यसअघि  ११ पुस, २०७६ मा पौडेल र कृष्ण सिटौला समूहको बहिस्कारका बाबजुद बहुमतले विधान संशोधन गर्दै विभाग २८ बाट ४७ बनाउने निर्णय भएको थियो । 

देउवाले ४७ वटै विभागमा पदाधिकारी र सदस्य मनोनयन तीव्र बनाएका छन् । वरिष्ठ नेता पौडेलसँगै महामन्त्री शशांक कोइाला र कोषाध्यक्ष सीतादेवी यादवले पत्र लेखेर असहमति जनाए पनि देउवाले सोलाई बेवास्था गर्दै आएका छन् । 

पौडेल समूहले भने विभागहरुमा मनोनयन विधानविपरीत र आसन्न महाधिवेशन प्रभावित पार्ने खेल भएको बताएको छ ।

यो पनि