काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जारी अधिवेशनको बैठमा कोरोना संक्रमण समुदायमा फैलिएको बताएका छन् ।
शुक्रबार जारी अधिवेशनको सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् ।
‘संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौंँ, ’ उनले भने, ‘कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकार सफल भए पनि नागरिकले सतर्कता अपनाउनुपर्छ ।’
संबोधनका क्रममा उनले समुदायमा संक्रमण फैलने सम्भावना बढेकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।
यसका साथै, उनले कोरोना महामारीका कारण प्रदेश १ को नामाकरण पनि रोकिएको बताएका छन् । ‘भाइरसको कारणले नामका बारेमा खुलेर छलफल गर्ने वातावरण बन्न सकेको छैन।’