जेठ ०५, २०८१, शनिबार
               

परीक्षणको दायरा घटाएर सरकारले कोरोना संक्रमित लुकाएको कांग्रेसको आरोप

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले परीक्षणको दायरा घटाएर कोरोना संक्रमित घटेको भ्रम छरेको आरोप लगाएको छ । 

कोभिड १९ अनुगमन समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै  शुक्रबार सरकारमाथि कांग्रेसले यस्तो आरोप लगाएको हो ।

साथै, पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा  सरकारले परीक्षणको दायरा फराकिलो नपारी बेवास्था गरी उल्टै परीक्षणको दायरा घटाएको कांग्रेसको आरोप छ । 

सरकारले लडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सहज बनाउनेतर्फ पर्याप्त ध्यान नदिएको र लकडाउन खोल्दा पनि तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन नगरेको कांग्रेसको भनाइ छ । 

‘लकडाउन खोल्ने निर्णय गरी राख्दा सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु, सार्वजनिक यातायातमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्नेबारेमा सरकारले सही कदम चालेको छैन,’ उसले भनेको छ । 

सरकारको लकडाउन खोल्ने निर्णय पूर्वतयारीका साथ गरेको नभएर राजश्व बढाउने तथा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको कांग्रेसको दाबी छ ।

वीरगञ्ज, राजविराजलगायत ठाउँमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने देखिएको कांग्रेसको भनाइ छ । 

यस्तो अवस्थामा परीक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधाको पर्याप्त तयारी गर्न सरकारलाई आग्रह गरिएको कांग्रसको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि