बैशाख २८, २०८१, शुक्रबार
               

नेकपा अध्यक्षद्वयको छलफल आइतबार पनि निष्कर्षविहीन

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्कमल दाहालबीचको छलफल सकिएको छ । 

दुई नेताबीच भएको छलफल आइतबार पनि विनानिष्कर्ष सकिएको हो। दुई नेताबीच छलफल करिब साढे दुई घन्टा चलेको थियो । 

छलफलमा दुवै नेताले पुरानै अडान कायम राख्दा सममति नजुटेको बताइएको छ । 

कुरा नमिलेपछि नेकपा अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिएका छन् । प्रचण्ड माधवकुमार नेपाल लगायत नेतासँग आफ्नै निवासको छलफलपश्चात प्रधानमन्त्री भेट्न बालुवाटार गएका थिए । 

दुई अध्यक्षबीचको वार्तामा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

पौडेल र शर्मा पार्टी एकताको वातावरण बनाउने प्रक्रियादेखि  ओली र प्रचण्डको सहमतिका साक्षी र मस्यौदाकार हुन् ।

त्यसैले पनि पछिल्ला बैठकमा दुवै नेता प्राय: अध्यक्षद्वयको साँचीका रुपम रहँदै आएका छन् । शनिबार शीतल निवासमा पनि अध्यक्षद्वयसँग यी दुवै नेता सहभागी थिए र आइतबारको छलफलमा पनि। 

छलफलमा सहभागी यी दुवैले आइतबारको छलफलमा दुई अध्यक्षबीच के कुरा भयो भन्नेबारे खुलाएका छैनन् । 

यसअघि शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

शनिबारको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्डले माधव नेपाल समूहसँगको छलफलमा आफूले सहमति नजनाएको बताएका छन् ।

यसका अलवा माधवकुमार पक्ष दुई  अध्यक्षबीच शनिबार शीतल निवासमा भएको छलफललाई लिएर सशंकित हुँदै आएको छ । 

यसलाई चिर्न अध्यक्ष दाहालले आइतबार बिहान आफूले ओलीसँग कुनै पनि  सहमति नगरेको भनी सो समूहलाई स्पष्टीकरण दिएका थिए । 

माधव नेपालसहितका नेताहरुसँग भेट्नुअघि प्रचण्डले आइतबार बिहान उपाध्यक्ष बामदेव गौतम र महासचिव बिष्णु पौडेलसँग अलग–अलग छलफल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि