काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा आफूले समर्थन नगरेको बताएका छन् ।
शनिबार सचिवालय बैंठक सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल शीतल निवास गई नयाँ सहमति गरेको भन्दै माधवकुमार समूह सशंकित भइरहेका बेला आइतबार खुमलटारमा अफू निकटस्थ र नेपाल समूहहरुलाई उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
तर, खुमलटार भेलामा दाहालले बाहिर सहमति भयो भनेर हल्ला गरियो, हामी त्यसमा सहमत नभएको बताएका छन् । यसका अलवा उनले राष्ट्रपतिकहाँ गएको कुरा पनि पूर्वनिर्धारित नभएको भनी स्पष्टीकरण दिएको एक स्रोतले बतायो ।उनले सो भेलामा आफू अप्रत्याशित रुपमा बोलाएर गएको भनी प्रष्टयाएको सो स्रोतले बतायो ।
आइतबार भएको खुमलटार भेलामा नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्यहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्टलगायत र दाहाल निकट स्थायी कमिटी सदस्य वर्षमान पुन, पम्फा भुसाल र देव गुरुङलगायत सहभागी थिए ।
तर, दाहाल नेपाल गुटका नेता भनी चिनिने वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा भने खुमलटार भेलामा सहभागी भएनन् ।
सो भेलामा दाहालले ओलीले षड्यन्त्र गरी शीतल निवस पुर्याएको बताएको एक स्रोतले बतायो ।
शनिबार सचिवालय बैठकमा दुवै अध्यक्षले मंसिरमा महाधिवेश गर्ने सहमतिको प्रस्ताव गरेका थिए ।त्यसमा आंशिक रुपमा सहमति भएको थियो ।
शनिबारको बसेको सचिवालय बैठकमा मंसीरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा दाहालले समर्थन जनाएपछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्टि थिए ।
तर, शनिबार रात शीतलनिवासमा राष्ट्रपतिलाई साक्षी राखेर केपी ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच थप छलफल भएपछि प्रचण्ड र ओली मिलेकै हुन् भन्ने थप सन्देश गएको थियो ।
तर, शनिबार रात शीतलनिवासमा राष्ट्रपतिलाई साक्षी राखेर केपी ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच थप छलफल भएपछि प्रचण्ड र ओली मिलेकै हुन् भन्ने थप सन्देश गएको थियो ।