जेठ ०७, २०८१, सोमबार
               

नेकपाले बोलायो सचिवालय बैठक

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । दुई दिनका लागि पार्टीको स्थायी कमिटी बैठक स्थगित गरेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोलि सचिवालयको बैठक बोलाएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न पटक–पटक नेताहरुबीच विभिन्न चरणमा छलफल भए पनि सहमति भने हुन सकेको छैन ।

नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले भोलि दिउँसो ३ बजे सचिवालयको बैठक बस्न लागेको जानकारी दिए ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भएको छलफलमा भोलि (शनिबार) सचिवालयको बैठक बोलाउने सहमति भएको उनले बताए ।

दुई अध्यक्षबीच आज भएको बैठकमा कुनै औपचारिक सहमति नभए पनि सहमतिको प्रयासका लागि स्थायी समिति बैठक स्थगित गरिएको थापाले जानकारी दिए । 

१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ ।

असार १८ गतेपछि स्थायी समितिको बैठक बस्न सकेको छैन । सहमतिका लागि भन्दै यसअघि असार २०, २२ र २४ गते बोलाइएको बैठक पनि स्थगित गरिएको थियो ।

बैठक स्थगित गरेर अध्यक्षद्वयबीच पटकपटक छलफल भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि