जेठ ०५, २०८१, शनिबार
               

महालेखापरीक्षकले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझायो

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएको छ । 

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा  सो प्रतिवेदन पेस गरेका हुन् । 

नेपालको वर्तमान संविधानको धारा २९४ को उपधारा १ मा महालेख परीक्षकले आफूले वर्षभरि गरेका कामको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । 

सोहीबमोजिम महलेखा परीक्षक टंकमणि शर्माले आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन बिहीबार राष्ट्रपतिसमक्ष पेस गरेका हुन् । 

सो प्रतिवदेन बुझ्ने क्रममा राष्ट्रपति भण्डारीले  सुशासन, पारदर्शिता कायम गराउन र फजुल खर्च नियन्त्रणमा महालेखापरीक्षकको महत्वपूर्ण भूमिका हुने बताइन् । 

संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति, अन्य समिति र संस्थानतर्फको अद्यावधिक वेरुजु ४ खर्ब १८ अर्ब ३१ करोड ७३ लाख पुगेको  सो प्रतिवेदनमा उल्लेख  छ ।जुन गत वर्षको तुलनामा वेरुजु १०.८२ प्रतिशत बढी हो ।

बेरुजुले कानुनबमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले गरिएको आर्थिक कारोबार भन्ने बुझाउँछ । 

यो पनि