बैशाख २०, २०८१, बिहीबार
               

बालुवाटारमा ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज (बुधबार) पनि 'वान टु वान' (एक्लाएक्लै) वार्ता हुने भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज चार बजे छलफल हुने बताइएको छ ।

पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधान गर्न भन्दै दुई अध्यक्षबीच बालुवाटारमा आइतबारदेखि वान टु वान वार्ता हुँदै आएको छ ।

हिजो (मंगलबार) पनि झण्डै पौने तीन घण्टा लामो छलफलपछि दुई अध्यक्षबीचमा स्थायी कमिटी बैठक राखेर छलफल गर्ने समझदारी बनेको बताइएको थियो ।

सोही अनुरुप आज (बुधबार) को स्थायी कमिटी बैठक सञ्चालन गर्ने र त्यसअघि दुई नेताबीच वार्ता गर्ने सहमति भएको थियो । 

तर आज ११ बजेका लागि तय भएको स्थायी कमिटी बैठकअघि ओली–प्रचण्डबीच वार्ता हुन नसकेपछि स्थायी कमिटी बैठक शुक्रबार (२६ गते) सम्मका लागि स्थगित गरिएको छ ।

आइतबारदेखि (दुई अध्यक्षबीच) दैनिक भइरहेको वार्तामा ओली–प्रचण्डले एक अर्काको कुरा सुने पनि सहमतिको बिन्दु भने पहिचान हुन सकेको छैन । 

यसअघि अध्यक्ष तथा प्रधानमन्त्री ओली असार १८ गतेको स्थायी कमिटी बैठकमा उपस्थित भएका थिएनन् ।

त्यस्तै असार २२ गतेका लागि तय गरिएको बैठक पार्टीभित्र देखिएको विवादका कारण सहमति खोज्न भन्दै २४ गते (बुधबार) सम्मका लागि स्थगित गरिएको थियो ।

असार १० गतेदेखि बस्दै रोकिँदै आएको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग आएपछि पार्टी नै विभाजनको संघारमा पुगेको थियो ।

अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताको बटमलाइन ओलीको राजीनामा छ भने राजीनामा बाहेकमा मात्र छलफल गर्न सकिने अडानमा ओली छन् । 

यो पनि