जेठ ०४, २०८१, शुक्रबार
               

नेकपाको स्थायी कमिटी बैठक २६ गतेसम्मकाे लागि स्थगित

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडौं । विवादित बन्दै गएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी आज बस्न भनिएको बैठक पनि २६ गतेसम्मकाे लागि स्थगित भएको छ । यसबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

पार्टी अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाबाटै दुवै पद छाड्न दवाव परेपछि स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको  छ । पार्टीभित्रै विवाद चुलिएर सतहमा गएपछि स्थायी कमिटी बैठक स्थगित हुँदै आएको थियो ।

सो विवादकै कारण सहमतिको लागि अध्यक्ष तथा प्रम केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बारम्बार छलफल भए पनि त्यसको निस्कर्षमा पुग्न सकेको छैन ।

प्रचण्ड र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई दुवै पद छाड्न दवाव दिँदै आएका छन् भने ओलीले कुनै पनि पद नछाड्न अडान लिएका छन् ।  यस्तै, नेकपाका केही नेता ओलीको पक्षमा रहेका छन् भने प्रचण्डको पक्षमा धेरै नेता उभिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि