जेठ ०५, २०८१, शनिबार
               

पार्टी नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने थापाको दाबी

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

काठमाडाैं । सत्तारुढ नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीमा नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गरेका छन् । 

नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलगायत केही नेतासँग गृहमन्त्रालयमा भएको भेटमा उनले यस्तो बताएका हुन् । 

सो भेटमा उनले  झम्सिखेल बैठकमा पार्टी विभाजनविरुद्ध उभिन र नेताहरुबीच एकता कायम गर्न दबाव दिन जाँदा आफूले बोलेका कुरालाई कुप्रचार गरिएको भनी  असन्तुष्टिसमेत जनाएका छन् । 

यसका अलवा उनले गुट बलियो भन्दा पनि पार्टी बलियो बनाउन लाग्नुपर्ने बताएका छन् । उनले अब आउने स्थायी कमिटी बैठकमा पनि यही कुरा राख्ने बताएका सो भेटमा सहभागी एक नेताले बताए । 

बादललाई भेट्न खिमलालसहित राष्ट्रियसभा सांसद तथा केन्द्रीय सदस्यहरु सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा र नरपति लोहार गृहमन्त्रालय  गएका थिए । 

बादल भेट्न गएका ती नेताले पार्टीमा एकता कायम गर्न बादलको भूमिका हुनुपर्ने बताएको खिमलाल भट्टराइले बताए । 

बादल भेट्न गएकामध्ये बुढाबाहेक सबै प्रधानमन्त्री केपी ओलीनिकटस्थ  नेता हुन् । यसका अलवा उनले सो भेटमा अब मन्त्रालय छाड्नुपर्ने अवस्था पनि आउन सक्ने संकेत गरेको सहभागी एक नेताले जानकारी दिए । 

यो पनि