जेठ ०५, २०८१, शनिबार
               

यो कार्यकाल कांग्रेस माग राख्नबाहेक मन्त्रालय टेक्दैन : प्रवक्ता शर्मा

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस यो कार्यकाल माग राख्नबाहेक मन्त्रालय नपस्ने बताएका छन् । 

नेकपा विवाद चर्की गृह र अर्थ मन्त्रालयको विशेष अफर कांग्रेसलाई गएको भन्ने हल्ला चलिरहेका बेला शर्माले यस्तो बताएका हुन् । 

‘प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न जनताले दिएको म्याण्डेटबाट पार्टी दायाँबायाँ हुँदैन,’ उनले भने, ‘उहाँहरु आपसमा हल खोज्न नसक्ने र कांग्रेसको टेको टेक्नुपर्ने अवस्थामा उहाँहरु पुगेजस्तो हामीलाई लाग्दैन ।’

तर, शर्माले बाहिर हल्ला आएको अफरलाई भने अस्वीकार गरे । 

त्यस्तो प्रस्ताव आएको क्षणमा नै टिप्पणी गर्ने बताउँदै शर्माले भने, ‘जनताले २०७४ को आमचुनावमा दिएको म्यान्डेटअनुसार पँच वर्ष कांग्रेस प्रतिपक्षमा बस्छ ।’

साथै, उनले कांग्रेस सरकारमा जान लाग्यो कि भन्ने आशंकामा नरहन पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओली र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले मात्रै नभएर नेकपाका अरु नेताले पनि कांग्रेसका नेतालाई भेटेको बताउँदै उनले नेकपाको आन्तरिक द्वन्दमा कांग्रेस यो वा त्यो पक्षमा उभिन लाग्यो भन्ने भ्रम नछर्न आग्रह गरेका छन् । 

यो पनि