जेठ ०७, २०८१, सोमबार
               

पक्षधरता देखिने गरी प्रस्तुत नहुन दाहालको अनुरोध

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी मण्डारीसँग पक्षधरता देखिने गरी प्रस्तुत नहुन अनुरोध गरेका छन् । 

मन्त्रिपरिषद बैठकले गरेको निर्णयलाई स्वीकृति र विगतमा राजनीतिक दलसम्बन्धी स्वीकृत गरिएको विधेयकप्रति लक्षित हुँदै उनले राष्ट्रपतिसमक्ष यस्तो अनुरोध गरेका हुन् । 

भेटमा प्रचण्डले यसअघि राजनीतिक दलसम्बन्धी विधेयकमा तत्कालै स्वीकृत गर्दा अप्ठ्यारो परिस्थिति आएको स्मरण गरेको पनि एक स्रोतले जानकारी दियो ।   

यसका अलवा प्रचण्डले राष्ट्रपतिसँग पार्टी एकतालाई असर पर्नेखालका अध्यादेश आएमा तत्काल स्वीकृत नगर्न पनि अनुरोध गरेको सो स्रोतले बतायो । 

जवाफमा राष्ट्रपतिले अहिले त्यस्तो अध्यादेश आफूसमक्ष आइनपुगेको बताएकी एक स्रोतले बतायो । 

बिहीबार नेकपा स्थायी कमिटी बैठक जारी रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक राखी बर्खे अधिवेशन अन्त्य भएको निर्णय गरेका र सो निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै स्वीकृत गरेकी छन् । 

स्थायी कमिटीको बैठक बस्नुअघि अध्यक्षद्वयबीच भेटघाट भएको र सो भेटमा आज मन्त्रिपरिषद् बैठक नबस्ने सहमति भएको थियो । 
सो भेटपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतल निवास पुगेका थिए । 

राष्ट्रपतिसँग कुरा गरेपछि क्याबिनेट बैठक राखेर संसद बैठक स्थगनको सिफारिस शीतलनिवास पठाइएको थियो । र, क्याबिनेट बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गर्नासाथ राष्ट्रपतिले त्यसलाई स्वीकृत गरेकी थिइन् । 

प्रधानमन्त्रीले पहिले झै पार्टी फुटाउने विधेयक ल्याउनासाथ राष्ट्रपतिबाट स्वीकृत हुने हो कि भन्ने लागेपछि प्रचण्ड बालुवाटारबाट राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास गएका एक स्रोतले बतायो । 

यो पनि