जेठ ०५, २०८१, शनिबार
               

नागिरकता विधेयकलाई लिएर सत्तारुढ र प्रतिपक्षीबीच आरोपप्रत्यारोप

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल  नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच नागरिकताको विषयमा मत विभाजन हुँदा विवाद उत्पन्न भएको छ । 

पछिल्लोसमय नेकपाका नेता तथा सांसदहरु नेपाली कांग्रेसविरुद्धमा एकपछि अर्कोपछि उत्रिएका छन् । 

यसैक्रममा राष्ट्रिय सभा सदस्य तथा नेकपाका नेता वेदुराम भुसालले नेपाली कांग्रेसले नागरिक विधेयकबारे राजनीतिक दुर्घटना निम्त्याउने भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् । 

साथै, उनले केका लागि दुर्घटना निम्त्याउने भन्दै  नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् । केही दिनअघि मात्र नागिरकता विधेयकमा विवह गरेर ल्याएकालाई सात वर्षपछि मात्र नागिरकता  दिने प्रावधान राखिए त्यसले देशमा ठूलो दुर्घटना निम्त्याउने बताएको थियाे । त्यसैप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । 

‘के भारतसँग जोडिएन नेपाल भनेर ? के भारतको छोटेभाइ भएन नेपाल भनेर ? हामीले हाम्रो आफ्नो स्वतन्त्र कानुन बनाउँदा मुठभेट गर्ने कारण के छ? नेपालले आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भन्दा मुठभेट गर्ने,’ उनले भने ।  

साथै, उनले भारतले सात वर्ष बसेपछि नागरिकता दिँदा नेपालले पनि त्यसो गर्दा के हुन्छ भन्दै कांग्रेसलाई प्रतिप्रश्न गरेका छन् । 

तर, यस विषयमा कांग्रेस सांसद जीतेन्द्र देवले संसदमै नेकपा नेता भुसालको भनाइलाई खण्डन गरेका छन् । 

उनले नेकपालाई नेपाललाई चीनको झोलामा राखी साम्प्रदायिक दंगा भड्काउन खोजेको आरोपसमेत लगाएका छन् । 

त्यसैगरी, उनले नेपाली पुरुषसँग विवाह गरी आएकाहरुलाई अंगीकृत नागरिकता नदिँदा  राजनीतिक र प्रशासनिक अधिकार प्राप्त नहुने बताउँदै यसले सांस्कृतिक अधिकारमाथि आक्रमणसमेत गर्ने मत राखेका छन् । 

जसको जवाफमा नेकपाले राजनीतिक अधिकारबाहेक अन्य अधिकारका लागि स्थायी आवासीय अनुमतिपत्र प्रदान गर्ने बताउँदै नेकपाले कांग्रसलाई थुमथुम्याउन खोजे पनि यसैका आधारमा कांग्रेसले चित्त नबुझाउने संकेत गरेको छ । 

नेपाली कांग्रेसका सांसद डाक्टर मीनेन्द्र रिजालले सत्तारुढ दल नेकपा चिनियाँ कम्युनिस्ट नेताको प्रशिक्षण पछि लागेको आरोप लगाएका छन् । 

म‌ंगलबारको प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले यस्तो आरोप लगाएका हुन् । 

यसका अलवा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न भएको पनि बताएका छन् । 

जसलाई उनले अपाच्य भएको बताएका छन् । यसका अलवा उनले विगतमा छिमेकी राष्ट्रसँगको विशिष्ट र कूटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवै तर्फका नेता र दल आलोचित हुन पुगेको बताएका छन् । 

नागरिकताको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित मधेसकेन्द्रित दल जसपा एक ठाउँमा छन् । 

जसपाका नेता राजेन्द्र महतोले  सरकारले नागरिकता राष्ट्रियताको विषय बनाएको आरोप लगाएका छन् । यसका अलवा उसले सोमबार बेलुका मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । 

शनिबार नेकापाको निर्णयबमोजिम राज्य तथा सुशासन समितिले विदेशी महिलाले सात वर्षपछि मात्र सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानअनुसार सो समितिले सर्वसहमतिले पारित गरेको छ ।

यो पनि