मंसिर ०७, २०८१, शुक्रबार
               

नेपालको संविधान (दोस्रो संशोधन) नेपाल राजपत्रमा प्रकाशित

रासस
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ ।

सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी हुन् ।

नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ । 

नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन),२०७७ तुरुन्त प्रारम्भ हुने  उल्लेख छ ।

संशोधन प्रस्ताव प्रतिनिधिसभाले गत जेठ ३१ गते र राष्ट्रियसभाले यही असार ४ गते दुई तिहाइ बहुमतले पारित गरेको थियाे । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि