जेठ ०३, २०८१, बिहीबार
               

नागरिकताको विषयमा संवेदनशील हुनुपर्ने थापाको भनाइ

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेपाल नागरिकताको विषयमा संवेदनशील हुनुपर्ने बताएका छन् । 

नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिमा विचाराधीन वैवाहिक अंगीकृत नागरिकताको विषयले सार्थकता पाउन नसकिरहेको अवस्थामा थापाले एक ट्विट गर्दै यस्तो बताएका हुन् । 

‘नेपालको भूराजनीतिक अवस्था र सामाजिक र सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दै नागरिकताको विषयमा संवेदनशील हुनैपर्छ,’ उनको ट्विटमा भनिएको छ, ‘वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक,सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरी नागरिकतासरहको अनुमतिपत्र दिनु उपयुक्त हुनेछ ।’

अंगीकृत नागरिकताको विषायाई टुंग्याउन मंगलबार एक वर्षपछि बसेको राज्य व्यवस्था समितिको बैठक बसेको थियो । 

यो पनि