जेठ ०२, २०८१, बुधबार
               

नेकपाले आफ्ना सांसदलाई सोध्यो स्पष्टीकरण

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । संविधान संशोधनमा अनुपस्थित सांसदलाई नेकपाले स्पष्टीकरण सोधेको छ । 

सत्तारुढ नेकपाले निशान छापमा नेपालको नयाँ नक्सा समेट्ने गरी संविधान संशोधनका लागि शनिबार प्रतिनिधिसभामा अनुपस्थित भएका आफ्ना सांसदलाई स्पष्टीकरण सोधेको हो । 

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पाँच दिनभित्र स्पष्टीकरण दिन अनुपस्थित सांसदलाई निर्देशन दिएका छन् । 

नेकपाले जेठ ३१ गते अनुपस्थित नेकपा हरिबोल गजुरेल, गोपालबहादुर बम, धनबहादुर बुढा र शिवकुमार मण्डल सांसदलाई स्पष्टीकरण सोधेको छ । 

यो पनि