काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न नसकेकाे निष्कर्श निकालेकाे नेपाली काँग्रेसले आज ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ ।
साथै विदेशस्थित जनसम्पर्क समितिमार्फत पनि कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो ।
केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले ७७ जिल्ला, सात प्रदेश र दूतावासमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो ।