बैशाख १७, २०८१, सोमबार
               

बन्दाबन्दीको अवधिमा आन्दोलन गरे जरिवाना र थुनामा राख्ने चेतावनी

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । गृह मन्त्रालयले लकडाउनको समयमा प्रदर्शन गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

गृहमन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो  ।

पछिल्लो समय सरकारविरुद्ध आन्दोलनकाक कार्यक्रम बाक्लै हुन थालेपछि गृहमन्त्रालयले आज यस्तो निर्णय गरेको हो । 

केही दिनदेखि प्रधानमन्त्री निवास बालुवाटारलाई आन्दोलनको केन्द्रबिन्दु बनाउँदै आएका छन् । 

साथै, गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट आह्वान गर्ने, जुलस तथा शान्तिपूर्ण धर्नाका नाममा धेरै मानिस जम्मा हुने गरेको बताएको छ । 

गृह मन्त्रालयले बन्दबन्दीको आदेशविपरीत भन्दै गृह मन्त्रालयले १०० देखि ६०० रुपैयाँसम्म र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने बताएको छ । 

यो पनि