काठमाडौं । नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वार मेचीपुलमा नयाँ नक्सा राखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी युवसंघ नेपाल र अखिल नेपालको अगुवाइमा बिहीबार सो सीमा नाकामा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको हो ।
सो झन्डा प्रदेश १ का सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो ।
१० फिट लम्बाइ र पाँच फिट चौडाइ भएको होडिङबोर्डमा नयाँ नक्सा राखिएको छ ।