बैशाख १७, २०८१, सोमबार
               

एकीकरणमा चरम लापरबाही भएको निष्कर्ष निकाल्दै नवगठित जसपाको असन्तुष्ट पक्षको बैठक सम्पन्न

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

निर्वाचन आयोगमा सोमबार ५१ सदस्य कार्यसमिति रहने गरी दर्ता भएको जसपाका असन्तुष्ट पक्षको बैठक सकिएको छ । 

एकीकरणमा चरम लापरबाही गरेको भन्दै मंगलबार बसेको जसपाका असन्तुष्ट पक्षको बैठकले आदिवासी जनजाति, मुस्लिम, दलित, महिलालाई समावेश नगरी नेता विशेषको हालीमुहाली रहेको  र सोका लागि कानुनी परापर्श लिने निर्णय लिने निष्कर्षसहित सो पक्षको बैठक सकिएको हो । 

असन्तुष्ट पक्षको नेतृत्व शरतसिंह भण्डारी, महेन्द्रराय यादव, राजकिशोर यादव र अनीलकुमार झाले गरेका छन् । 

निर्वाचन आयोगमा दल दार्ता गर्दा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने भए पनि सातजना मात्र महिला राखिएको भन्दै सो समूहले असन्तुष्ट जनाएको छ । 

असन्तुष्ट पक्षले ५१ जनाको कार्यसमितिमा निर्वाचन आयोगमा बुझाएको सूचीले मधेश आन्दोलन, लोकतान्त्रिक आन्दोलन तथा जनयुद्धको आधिकारिक उत्तराधिकारीको रुपमा व्याख्या गर्दा ठूलो भूल हुने बताएको छ । 

नवगठित जसपाको असन्तुष्ट सो पक्षले एकीकरण गर्ने निर्णयमा दुईजना नेताले हस्ताक्षर समेत नगरेको भन्दै निर्वाचन आयोगमा बुझाएको हस्ताक्षरमा पूर्वराजपाका अनिलकुमार झा, राजेन्द्र महतोको हस्ताक्षर नरहेकाले राजपा नेपाल समाजवादी पार्टीसँग एकीकरण कानुनी रुपमा प्रमाण नपुगेको बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि