बैशाख २४, २०८१, सोमबार
               

बाबुराम कसरी झरे जनता समाजवादी पार्टीको चौथो वरियतामा ?

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । मधेसलाई आधार बनाउँदै राजनीति गरिरहेका समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई एकीकृत गरी बनेकाे जनता समाजवादी पार्टीका नेताहरूले दुई अध्यक्षसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । 

पार्टीभित्र पहिलो वरियता दावी गर्ने डा.बाबुराम भट्टराईले दोस्रो नम्बरमा चित्त बुझाएका थिए ।  तर निर्वाचन आयोग नेपालसम्म पुग्दा उनको दुई नम्बरमा रहेको नाममा टिपेक्स लागेर एकाएक चौथो वरियता हुन पुगेको छ । 

निर्वाचन आयोग जानुपूर्व पहिलो वरियताक्रमको अध्यक्षमा महन्थ ठाकुर, दोस्रो वरियताक्रममा डा. भट्टराई (संघीय परिषद् अध्यक्ष), तेस्रो वरियताक्रमको केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव र वरिष्ठ नेताहरुमा अशोक राई र राजेन्द्र महतो रहने सहमति भएको थियो ।

तर  महन्थ ठाकुरले अध्यक्षमै बस्ने नत्र संयोजकमा नबस्ने अडान लिएकाे र भट्टराईले ठाकुरले संयोजक बस्न नमान्ने हो भने आफू पनि वरिष्ठ नेतामा बस्ने बताएका थिए । अर्थात तीन जना अध्यक्ष आफूलाई अस्वीकार्य हुने र दोस्रो वरियतासहितको संघीय परिषद्को अध्यक्षमा आफू नबस्ने उनको अडान थियो । उनले खुसीसाथ नै तीन अध्यक्षसहित दोस्रो वरियताको संघीय परिषद अध्यक्ष हुनुभन्दा वरिष्ठ नेता ठीक रहेको बताएपछि सोही अनुसार निर्णय गरिएको स्राेतले दावी गरेकाे छ । 

जसपाका एक नेताका अनुसार म दुई नम्बरमा बस्दिनँ बरू उपेन्द्र यादव र अशोक राईभन्दा पछि चौथौ नम्बरमा राखिदिनुस् भनेपछि टिपेक्स लगाएर भट्टराईकाे नाम मेटिएको हो । अन्तिम समयमा बाबुरामको नाममा टिपेक्स लगाएर अशोक राई र राजेन्द्र महतोको नामको बीचमा हातले लेखिएको छ। 

 

यो पनि