जेठ ०५, २०८१, शनिबार
               

पार्टी दर्ताका लागि जसपा निर्वाचन आयोगमा

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काडमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरु आइतबार निर्वाचन आयोग पुगेका छन् । 

समाजवादी पार्टी र राजपा दुई पार्टीबीच एकीकरणपश्चात बनेको जसपालाई औपचारिकता दिन उनीहरु निर्वाचन आयोग पुगेका हुन् ।

सो पार्टीले पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर दर्ता गराउन लागिएको बताइएको छ । 

१० वैशाखमा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकीकरण गर्ने सहमतिअनुरुप सो पार्टी आइतबार निर्वाचन आयोग गएको हो । 

राजनीतिक दलसम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपि संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । त्यसैअनुसार जसपा आइतबार निर्वाचन आयोग गएको हो । 

निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता हुनुपर्ने प्रावधान रहेको छ । ठिक ४५ दिनपछि पार्टी दर्ताका लागि जसपाका नेताहरु आयोग पुगेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि