जेठ ०४, २०८१, शुक्रबार
               

चक्रव्यूहमा परेकालाई सुरक्षित फर्किन गिरिको शुभकामना

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले कृषिमा बजेट एथेष्ट गर्नुको सट्टा कनिका छरेझै छरेको बताउँदै चक्रव्यूहमा परेकाहरुलाई  सुरक्षितसँग फर्किनका लागि शुभकामना दिएका छन् । 

कांग्रेस सांसद प्रदीप गिरिले पूर्वमन्त्री सैलजा आचार्यलाई स्मरण गर्दै चक्रव्यूहमा परेकाहरलाई सुरक्षित फर्किन शुभकामना दिएका हुन्  ।

उनले भुसाललाई प्रतिभाशाली र प्रतिबद्ध भएको बताउँदै उनी अभिमन्यु चक्रव्यूहमा प्रवेश गरेझैँ एउटा तन्त्रमा प्रवेश गरेको बताएका छन् । 

अप्ठेरोमा परेको भन्ने कृषिमन्त्रीको आत्मानुभूतिका लागि धन्यवाद दिँदै गिरिले भुसाल अप्ठेरोमा पर्नुको कारण प्रधानमन्त्रीमात्रै जिम्मेवार नभएको बताउँदै संसदीय व्यवस्था र संसदको राग पनि दोषी रहेको बताएका छन् । 

साथै, उनले बजेटले कोरोनाको संकटलाई अवसरमा बदल्ने आशा ध्वस्त गरेको बताएका छन् । 

शनिबार मन्त्रालयगत विनियोजनमाथि संसदमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन् । 

सबै मिलेर अडाएको पटक–पटक फेरिएको प्रणालीबाट हुन नसकेको काम कोरोना संकटका कारण हुन्छ कि भन्ने अपेक्षा गरिएपनि बजेट आएपछि त्यो सकिएको छ,’ उनले भने, यस्तो बजेट ल्याउने अर्थमन्त्री र त्यसलाई स्वीकार्ने प्रधानमन्त्री र मन्त्रिपरिषदले गणतन्त्रपछि आएको अवसर सदुपयोग गर्दै परिवर्तनको अनभूति दिन सकेनन् ।’

यो पनि