बैशाख २४, २०८१, सोमबार
               

सांसद ग‌ंगा चौधरी र समाजवादी पार्टीकी नेतृ सरिता गिरीबीच कडा घोचपेच

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद सरिता गिरी र नेकपाकी सांसद गंगा चौधरीबीच संसदमा घोचपेच भएको छ । 

घोचपेच सँगै शुक्रबार समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले नेकपाकी सांसद गंगा चौधरीलाई कारबाहीको माग गरेकी छिन् । 

उनले चौधरीले जेठ १९ गते संसदमा चौधरीले आफूविरुद्ध बोलेका शब्द संसदको रेकर्डबाट हटाउन माग गर्दै कारबाही  गर्न माग गरेकी हुन् ।

आफूविरुद्ध संसदमै ‘हेट स्पिच’ दिइएको भन्दै उनले नेकपा सांसद गंगा चौधरीलाई कारबाही गर्नुपर्ने बताएकी छन् । 

केही दिनअघि संसदमा नेकपाकी सांसद चौधरीले सदनमा भारतीय चेलीको दादागिरी चल्न थालेको बताएकी थिइन् ।

नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, हेपिएको गाउँ हुँदाहुदै पनि सदनभित्र भारतीय चेलीको दादागिरी चलेको नेकपाकी सांसद चौधरीले बताएकी थिइन् । 

साथै, उनले मेरो देशको मिचिएको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने, यो कस्तो विडम्बना भन्दै चौधरीले  गिरीले नेपालको नक्सा निकाल्दा भारतसँग सल्लाह गर्नुपर्ने अभिव्यक्तिप्रति आपत्ति जनाएकी थिइन् । 

चौधरीको सो अभिव्यक्तिप्रति आक्रोश पोख्दै गिरीले शुक्रबार संसदमा पदीय मर्यादाले नछेक्ने भए अफू चौधरीमाथि भौतिक रुपमै तयार रहेको बताइन् । 

यसअघि गिरीको अभिव्यक्तिप्रति चौधरीले पनि पदीय मर्यादाले छेकेर मात्र आफू रोकिएकी नत्र आफ्नो रगत उम्लिरहेको बताएकी थिइन् । 

उनको सो भनाइलाई इगिंत गर्दै सांसद गिरीले प्रेमपूर्वक उनीसँग विषयमा कुरा गर्न चाहेकोे बताएकी छिन् । 

साथै, उनले चौधरीले बोलको अभिव्यक्ति हटाउन माग गरेकी छिन् । 

उनले उक्त अभिव्यक्ति रेकर्डमा लिएर कारबाहीको कार्य अघि बढाउन गृहमन्त्रालय समक्ष माग गरेकी छिन् । 

उनले भनिन्, ‘संसदमै जासुस र दलालीको कुरा रहन्छ यो गलत हुन्छ ।’  

यो पनि