जेठ ०६, २०८१, आइतबार
               

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तायरी गरेको छ । 

पछिल्लो समय कोरोना भाइरसको संक्रमण  र संक्रमितको दर बढेसँगै सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको हो । 
जसका लागि मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणाको तयारी गरिरहेको छ । 

सो कार्ययोजना मन्त्रिपरिषदबाट पास हुनासाथ लागू हुने मन्त्रालयले जनाइएको छ ।  

सो कार्ययोजनामा केन्द्रित भई अहिले प्रधानमन्त्री अहिले विज्ञसँग परामर्श गरिरहेका छन् । 

नेपालमा कोभिड–१९ संक्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै जनस्वास्थ्य आपतकालीन अवस्था घोषणा गर्ने तयारी गरेको हो । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना भाइरस संक्रमितको २ हजार नाघेसँगै जनस्वास्थ्य संकटकाल घोषणा गर्ने बाटो खुल्ने बताए । 

त्यहीअनुरुप मन्त्रालय जनस्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रालयले तयारी गरिरहेको बताएको छ । 

सो कार्ययोजना मन्त्रिपरिषद्ले पारित गरे सो कार्ययोजना कार्यान्वयनमा आउनेछ । 

यो पनि