जेठ ०९, २०८१, बुधबार
               

कांग्रेस सभापति देउवाले गरे भद्र अवज्ञाको आह्वान

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भद्र अवज्ञाका लागि आग्रह गरेका छन् । 

सरकारले जेठ २५ भित्र कर तिर्न भनेपछि प्रतिपक्षी नेपाली कांग्रेस सभापति देउवाले व्यापारीसँग यस्तो आग्रह गरेका हुन् ।  

लकडाउनका बेला सरकारले व्यापारीलाई राहतको व्यवस्था गर्नुको साटो उल्टै कर तिर्न ताकेता गरी सरकारले असंवेदनलिता प्रकट गरेको देउवाले बताए । 

‘यो ताकेता स्थिति मूल्यांकन साथ संवादमार्फत समयावधि थप गर्न सरकारसमक्ष माग गर्दछु,’ उनले भने, ‘सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन ।’

करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए । 

साथै, उनले अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने वा गर्न सरकार गम्भीर नभएको तथा पीसीआर परीक्षण गरेर साना–ठूला व्यवसाय क्रमशः सञ्चालन गर्ने कार्ययोजना नबनाएको भन्दै सरकारको आलोचना पनि गरेका छन् । 

यो पनि