बैशाख २४, २०८१, सोमबार
               

नेपाल औपचारिक वार्ताको प्रतीक्षामा छ : ज्ञवाली

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल औपचारिक वार्ताको प्रतीक्षमा रहेको बताएका छन् । 

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बोल्दै  शुक्रबार उनले  नेपाल-भारतबीच देखिएका सीमा विवादकाे विषयमा नेपाल भरतसँग औपचारिक वार्ताको प्रतीक्षामा रहेको बताएका हुन् । 

‘वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौँ,’ उनले भने, हामी भारतसँगको सीमासम्बन्धी विवाद कूटनीतिक माध्यमबाटै समाधान गर्न चाहन्र्छौँ ।’

यसअघि नेपालले पटक–पटक भारतसँग सीमाको विषयमा औपचारिक वार्ताका लागि कुरा उठाउँदै आएको छ ।  

नेपाल भारतबीच देखिएका सीमालगायत अन्य असमझदारीको विवाद टुंग्याउन दुई देशका प्रबुद्ध समूह (इपीजी)को प्रतिवेदन पनि  तयार भएको छ । 

तर, सो प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझेका छैनन् । 

बरु, भारतले नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रको भूभाग समेटेर भारतले नक्सा जारी गर्ने र नेपालको भूभागमै बाटो निर्माण गरी सो बाटोको उद्घाटन गरेको छ । 

यसरी आफ्नो भूमिबाट भारतले बाटो बनाइ उद्घाटन गरेपछि नेपालले लिम्पियाधुरालगायत भूमि समेटी नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । 

जसका कारण पछिल्लो समय नेपाल भारत सीमा विवाद चरम उत्कर्षमा पुगेको छ ।

दुई देशबीच देखिएको सीमा विवाद नेपाल औपचारिक वार्तामा बसी समाधान जोड गरिरहेको छ भने भारत नेपालको वार्तामा बस्ने कुरालाई बेवास्था गर्दै आएको छ । 

यो पनि