जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रियताको मुद्दामा परिपक्व र जिम्मेवार भएर उभिन कांग्रसको आग्रह

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई राष्ट्रियताको मुद्दामा परिपक्व र जिम्मेवार भएर उभिन आग्रह गरेको छ । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले सरकारलाई राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न चेतावनी दिँदै यस्तो आग्रह गरेको हो । 

कांग्रेस प्रवक्ता शर्माले सीमासम्बन्धी विषयमा अनुचित राजनीतिक प्रोपोगान्डाको बाटोमा सत्तापक्ष संलग्न हुनु दुःखद भएको बताएका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको भूगोल नेपालको भू–भाग हुन् अतः कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र नेपालको निर्वाध हक ती भू–भागमा कायम हुनुपर्छ भनेर नेपाली कांग्रेसले विगतदेखि नै प्रस्ट धारणा राख्दै आएको उनले बताए ।

उनले भने, ‘ती भू–भागलाई समेटेर सरकारले सार्वजनिक गरेको नक्साका पक्षमा नेपाली कांग्रेस रहेको जानकारी सर्वदलीय बैठकमार्फत दिइसकिएको छ ।’ 

उनले एकातर्फ नेपाली कांग्रेसले ‘समय मागेको’ झुटको अभिव्यक्ति र अर्कातर्फ कांग्रेसको अनुरोधमा संशोधन प्रस्तावलाई कार्यसूचीबाट हटाइएको गोयबल्स शैलीको प्रोपोगान्डाप्रति कांग्रेसको आपत्ति भएको बताए । 

साथै, उनले कम्युनिस्ट सरकारका केही मन्त्री र एक मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको ‘सहायक प्रवक्ता’ नबन्न चेतावनी दिएका छन् । 

प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले नेपाली कांग्रेसको अनुरोधमा बुधबारको कार्यसूचीबाट संशोधन प्रस्ताव हटेको बताएको भनाइलाई लक्षित गरी प्रवक्ता शर्माले  नेकपालाई यस्तो चेतावनी दिएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि