काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको निशान छाप परिवर्तनका लागि सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको पक्षमा मतदात गर्ने भएको छ ।
राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति सम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बुधबार बसेको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।