काठमाडौं । यसै अधिवेशनमा सामाजिक सुरक्षा ऐन,२०७५ संशोधन गर्ने विधेयक ल्याउन ध्यानाकर्षण भएको छ ।
प्रतिनिधिसभा कानुन न्याय तथा मावअधिकार समितिले सो विधेयक ल्याउन गृह मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।
दुई वर्षअघि संसदबाट पारित भएको ऐनमा एक महिला भत्ता ६० वर्षपछि मात्र पाउने व्यवस्था गरिएको र त्यसैअनुरुप भत्ता वितरण भइरहेका बेला सरकारको चौतर्फी आलोचना भएपछि सरकार ऐन संशोधनको तयारीमा जुटेको छ ।