जेठ ०७, २०८१, सोमबार
               

धौवादी फलामखानी सञ्चालनमा ल्याइने

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नवलपरासीस्थित धौवादी फलामखानी आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याइने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षभित्रै उक्त खानी सञ्चालनमा ल्याइने बताइन्  ।

‘देशभित्र रहेका खानीस्थलको अध्ययन र अन्वेषण कार्य अघि बढाएको छ,  धौवादी फलाम कम्पनी स्थापना भएको छ । व्यावसायिक उत्पादनका लागि परीक्षण कार्य सम्पन्न भएको छ, आगामी आर्थिक वर्षमा पूर्वधार निर्माण तथा मेसिनरी जडान गरी उत्पादन सुरु गरिनेछ ।’ राष्ट्रपति भण्डारीले भनिन् । 

यो पनि