जेठ ०७, २०८१, सोमबार
               

सरकारले बोलायो सर्वदलीय बैठक

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले सर्वदलीय बैठक बाेलाएकाे छ । कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । 

बुधबार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बाेलाइएकाे हाे ।  बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बाेलाइएकाे छ । 

भारतले लिपुलेक पनि समेटेर नयाँ नक्सा जारी गरेपछि गत कात्तिकमा पनि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए। 

यो पनि