जेठ ०३, २०८१, बिहीबार
               

जनजीवन र आर्थिक गतिबिधि खुकुलो पार्दै लान थापाको आग्रह

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले कोरोना भाइरस महामारीबाट बच्न धैर्यता, आत्मसंयम र अनुशासन आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष थापाले पछिल्लो समयमा यस विषयमा विज्ञहरूको सुझाव सकारात्मक, उपयोगी र व्यवहारिक हुने भन्दै अब संक्रमित/प्रभावित क्षेत्रको वर्गीकरण गरेर जनजीवन र आर्थिक गतिबिधि क्रमशः सामान्य र खुकुलो बनाउँदै लैजाने सरकारलाई आग्रह गरेका ।

यसैबीच कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै राप्रपा गैरसरकारी संस्था समन्वय विभागले पार्टी अध्यक्ष कमल थापालाई मकवानपुर जिल्लाको लागि ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ ।

विभागको प्रमुख कुन्ती पोखरेलले अध्यक्ष थापालाई आज मंगलबार १० थान थर्मल गन हस्तान्तरण गरिन् । थोरै भए पनि यसरी स्वास्थ्य सामाग्री मकवानपुर जिल्लाको लागि उपलब्ध गराउन पाउँदा खुसी लागेको विभागकी प्रमुख पोखरेलले प्रतिक्रिया दिइन् ।

अध्यक्ष थापाले ती सामग्रीहरू मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत विपद व्यवस्थापन समिति कमान्ड पोस्टमा हस्तान्तरण गर्न निर्देशन दिए ।

सो अवसरमा राप्रपा जनजाति विभागका नेता रामबहादुर थोकरले एक हजार मास्कसमेत अध्यक्ष थापालाई हस्तान्तरण गरे । सहयोगको निमित्त अध्यक्ष थापाले विभागलाई धन्यवाद दिएका छन् । स्वास्थ्य सामग्रीहरू तत्काल हेटौँडा पठाइने राप्रपा युवा नेता राजाराम बर्तौलाले जानकारी दिए । गैरसरकारी संस्था र जनजाति विभागले यसअघि पनि यस्ता सहयोगहरू गर्दैआएको थियो ।

 

यो पनि