जेठ ०७, २०८१, सोमबार
               

नेकपाले वामदेवलाई प्रतिनिधिसभामा लाने !

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लग्ने निर्णय गरेको छ ।

गएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई त्यहाँ लैजाने कुनै निर्वाचन सांसदलाई राजीनामा गराउनु पर्ने हुन्छ ।

बैठकले कहिले र कसरी उनलाई प्रतिनिधिसभामा पुर्‍याउने भनेर खुलाएको छैन । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने गरी पहल गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने वचन दिएअनुसार उनलाई प्रतिनिधिसभामा लैजानु परेको हो । बैठकअघि प्रधानमन्त्री आफू बन्ने भनेर गौतमले ओलीसँग सहमति गरेका थिए । सहमतिपछि नेकपा सचिवालयको समीकरण नै उल्टिएको थियो । सोही कारण प्रधानमन्त्री ओलीको राजीनामा तत्कालका लागि टरेको थियो ।

यसबीचमा गौतमलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खोल्ने तयारी पनि भएको थियो । कहिले रामवीर मानन्धर त कहिले धनबहादुर बुढालाई राजीनामा गराएर उपनिर्वाचन गराउने चर्चा पनि चल्यो । त्यसो त रविन्द्र अधिकारीको निधनपछि कास्कीमा उठाउने प्रस्ताव संभावित अन्तरघातका कारण गौतम स्वयंले अस्वीकार गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि