जेठ ०२, २०८१, बुधबार
               

नेकपाको राजनीतिमा चीनको चासो, चिनियाँ राजदूतको दौडधुप तीब्र

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तासीन नेकपाभित्रको विवाचद उत्कर्षमा पुगेको बेला चीनले त्यस विषयमा चासो राखेको छ ।

नेपाली मुख्य राजनीतिक घटनाक्रममा दक्षिण छिमेकी भारतको संलग्नता हुने गरेको भन्दै चर्चा हुने गरेकोमा यसपटक भने उत्तरी छिमेकीले कूटनीतिक 'चलखेल' तीब्र पारेको छ ।

चिनियाँ राजदूत हौ यान्छी शुक्रबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी हुन् । खुमलटारमा प्रचण्डसँग कुराकानी गरेलगत्तै उनले नेकपा नेता माधवकुमार नेपाललाई भेटेकी छन् । बिहीबार रात उनले नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा लामो वार्तालाप गरेकी थिइन् ।

स्रोतहरूका अनुसार नेकपाको संभावित विभाजन रोक्न र मिलेर जान उनले सुझाव तथा दवाव दिएकी छन् । प्रचण्डसँगको भेटपछि नेकपाका एक स्थायी समिति सदस्यले नेपाल फ्ल्याससँग भने- 'कुनै सूत्र निकालेर सहमतिमा पुग्न चिनियाँ राजदूतले आग्रह गरेकी गरिन् ।'

दुई दिनअघि अचिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओले नेपाललगायतका नेतासँग तीन घण्टा भिडियो कन्फरेन्स गरेका थिए ।

यसैबीचमा नेकपाको राजनीतिमा हात हालेको भनेर पटकपटक विवादित राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी चीन फिङको टेलिफोन संवाद भएको थियो । चार दिनअघि राष्ट्रपतिस्तरमा भएको संवादपछि सोमबार राजदूत हौ यान्छीले राष्ट्रपति भण्डारीलाई भेटेकी थिइन् ।

प्रधानमन्त्री परिवर्तनसम्मको खेलमा पुगेको नेकपा विवाद ओलीले सांसदसमेत नरहेका वामदेव गौतमलाई प्रधानमन्त्री र नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बन्न गरेको प्रस्तावपछि नयाँ ढंगले तरंगित भएको छ ।

पछिल्लोपटक चिनियाँ राजदूतको दौडधुपले नेकपाको राजनीतिक विवादलाई कता पुर्‍याउँछ, त्यसको संकेत २० गते बस्ने भनिएको सचिवालय बैठकमा देखिने अनुमान गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि