जेठ ०४, २०८१, शुक्रबार
               

गाउँपालिका अध्यक्षले नै लगाए प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

काठमाडाैं । ओखलढुंगाको मोलुङ गाउँपालिकाका प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । 

मोलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ र गाउँपालिका अध्यक्ष मणिराज राई बीच विवाद भएपछि गाउँपालिका अध्यक्ष राईले मंगलबार प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको कार्यकक्षमा ताला लगाइदिएका हुन् ।  

मंगलबार बिहान कार्यलयमा पुगेर काम सुरु गरेको १० मिनेटमै अध्यक्ष राईले कार्यालय सहयोगीलाई ताला किन्न लगाएर आफ्नो कार्यकक्षमा तालाबन्दी गरिदिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ले जानकारी दिए । 

उनले गाउँपालिका अध्यक्षले भनेको नमान्दा आफूलाई यसअघि पनि निकाल्न खोजेकोसमेत बताए । 

गत वर्षको दसैँअगाडि अघिल्लो कार्यकारीको पालामा बाटो मर्मत गर्ने योजनाको रकम भुक्तानी गर्न बाँकी रहेको र उक्त रकमको भुक्तानीका लागि बाटो नखोलिदिएपछि आफूलाई निकाल्न खोजिएको श्रेष्ठले बताए । 

‘मलाई बारम्बार कार्यालय छोडेर जान दबाब आइरहेको छ,’ उनले भने । 

तर गाउँपालिका अध्यक्ष मणिराज अधिकृतको भनाइ खण्डन गरेका छन् । 
 

यो पनि