जेठ ०४, २०८१, शुक्रबार
               

बेमौसमको बाजा नबजाउन सरकारलाई कांग्रेसको सुझाव

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोेरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन सुझाव दिएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्ले पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याउने निर्णय गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विश्वभर कोरोना महामारी रहेका बेला यस्तो बेमौसमी बाजा नबजाउन सरकारलाई सुझाब दिएका हुन् । 

अहिले संसारकै प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको उनको तर्क छ ।  
सबैको सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित हुनुपर्नेमा उनको जोड छ ।
 

यो पनि