जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमित निको भएकोमा प्रधानमन्त्री ओली खुशी

रासस
बैशाख ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीया महिला मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किएकोमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै ती महिला दम र उच्च रक्तचापबाट पीडित भएपनि आत्मविश्वासका कारण उनीसँग कोरोना समेत पराजित भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना गरेका छन् । उनलेले शनिबार नै काठमाडौंमा उपचाररत नेपालको दोस्रो कोरोना संक्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्कीसकेकोमा पनि खुशी व्यक्त गरेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि