जेठ ०४, २०८१, शुक्रबार
               

बिहान ९ बजेदेखि कांग्रेसको बैठक सुरु

रासस
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठक शनिबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसोको छ । बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

साथै, लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिक, डेरामा बसेका विद्यार्थी, आर्थिकरूपमा विपन्न समुदायलगायतलाई परेको समस्या र सार्वसाधारणका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा देखिएको कठिनाइबारेमा समेत छलफल हुने बताइएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि मुलुकभर चैत ११ गतेदेखि लकडाउन लागू भएपछि काँग्रेस पदाधिकारी बैठक दोस्रो पटक बस्न लागेको हो । पदाधिकारी बैठक यसअघि चैत २५ गते पहिलोपटक बसेको थियो ।

कांग्रेसका पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव हुनुहुन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रूपमा उपस्थित भएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि