बैशाख १५, २०८१, शनिबार
               

प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत ल्याउन निर्देशन

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

काठमाडाैं । बगमती प्रदेशले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत ल्याउन निर्देशन दिएको छ ।

बगमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

प्रदेशको कोभिड–१९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशका सबै जिल्लाका कमान्ड पोष्टले एम्बुलेन्स खिचेर सञ्चालन गर्नुपर्ने धारणा राखे । राज्यबाट छुट लिएर सञ्चालन भएका कतिपय एम्बुलेन्सले राज्यलाई संकट पर्दा असहयोग गरिरहेको भन्दै उनले साविकका सञ्चालक वा चालकले एम्बुलेन्स चलाउन नमाने सरकारी चालक परिचालन गरेर भए पनि एम्बुलेन्स चलाइने बताए ।

त्यस्तै, पौडेलले बैठकमा निश्चित दूरी कायम गरी कृषि कार्य गर्न दिने गरी योजना बनाउनुपर्ने बताए ।

समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री पौडेलले आवश्यक सुरक्षा अपनाएर निर्वाध रुपमा खेतीपाती गर्न किसानलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने बताएका छन् 

उनले लकडाउनका कारण कतिपय स्थानमा व्यक्ति जुवातास खेल्न र अन्य विकृतिजन्य कार्य गर्न थालेको जानकारी आइरहेकाले त्यस्ता गतिविधिलाई तत्काल रोकेर त्यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कारबाही गर्न प्रदेशका सुरक्षा निकायका प्रमुखलाई निर्देशन पनि दिएका छन् ।

साथै, मन्त्रीले आफ्नो घर जान हिँडेका र अलपत्र परेकाको व्यवस्थापन गर्न मातहतका निकायलाई तत्काल पहल गर्न निर्देशन दिएका छन् ।

खेतीपातीको मौसम सुरु भएको भन्दै मुख्यमन्त्री पौडेलले कतिपय व्यक्ति वर्षभरि सहर पसेर काम गर्ने, तर खेतीपाती लगाउने मौसममा घर आउने र बाली थन्क्याएर फेरि सहर पस्ने रहेका र उनीहरु अहिले अलपत्र भएकाले व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

यो पनि