जेठ ०४, २०८१, शुक्रबार
               

राप्रपाका प्रदेश सांसदले दिए १५ दिनको तलब

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध लड्न राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सांसदले १५ दिनको तलब दिने भएका छन् ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राप्रपाका प्रदेश सांसद आफ्ना आधा महिनाको पारिश्रमिक दिने भएका हुन् ।

राप्रपाबाट बागमति प्रदेशमा रिता माझी, रिना गुरुङ, प्रदेश १  मा इन्दिरा राई र कर्णाली प्रदेशमा सोशिला शाही सांसद छन् ।

प्रदेश सांसदहरूले आ-आफ्नो प्रदेशअन्तर्गत खुलेको कोरोना कोषमा रकम जम्मा गर्ने राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि