बैशाख २०, २०८१, बिहीबार
               

एक वर्षको पारिश्रमिक राहत कोषलाई दिने श्रेष्ठको घोषणा

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहत कोषमा दिने घोषणा गरेका छन् । 

श्रेष्ठ आफूले पाउने एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषण गरेका हुन् । 

आफू सांसद् नहुँदा पनि बाँचेको बताउँदै उनले सोमबार उनले यस्तो घोषणा गरेका हुन् ।

‘राष्ट्रियसभा सदस्यको एक वर्षको पारिश्रमिक मध्ये दुई महिनाको कोभिड–१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु,’ ट्विटमा उनले भनेका भनेका छन्, ‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौँ । यसबेला एकताबद्ध भई आ–आफ्नो ठाँउबाट भूमिका खेल्न जरुरी छ ।’ 

साथै, उनले सांसद नभएका बेला पनि घरखर्च पार्टीले दिँदै आएको बताएका छन् । यसअघि वर्षौं सांसद नहुँदा जसरी नै घर भाडा, गाडी र तेल खर्च पूर्व पार्टीले र खानासहितको सामान्य खर्च दाजुभाइ र साथीहरुले मिलाएको ट्विटमा उनले उल्लेख गरेका छन् । 

ट्विटमा उनले आफू घुस र भ्रष्टाचारको शत्रु भएको पनि बताएका छन् । 

‘घुस र भ्रष्टाचारको शत्रु हुँ,’ उनले भनेका छन्, ‘दैनिक जीवन चलाउन त परको कुरा, निर्वाचनमा समेत ठूला कर्पोरेट हाउससँग चन्दा नलिने नीति सार्वजनिक गरी लागू गर्दै आएको छु ।’

यो पनि