बैशाख २०, २०८१, बिहीबार
               

भ्रष्टाचारीलाई कारवाही गर्न राप्रपा युवाको माग

नेपाल फ्ल्यास
चैत २६, २०७६

ADVERTISEMENT

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवाहरूको संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले औषधि खरिदमा अनियमितता गर्नेलाई अबिलम्ब कारवाही गर्न माग गरेको छ ।

संगठनका अध्यक्ष प्रकाश रिमालले बुधबार विज्ञप्ति जारी गरी मुलुकमा संकटमा परेको अवस्थाको मौका छोपी आर्थिक अनियमितता गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

उनले विश्वभर कोरोना संक्रमण भएको महिनौँ बितिसक्दा तथा नेपालमा लकडाउन भएको पनि दुई साता बित्दासमेत सरकारले पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकेको भन्दै सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाएका छन् । संगठनले न्युनतम दायित्व निर्वाहमा सरकार चुकेको आरोप लगाएको छ ।

यसैगरी सीमानाकामा अलपत्र नेपाली र विदेशमा रहेर स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई अबिलम्म उद्धार गर्नसमेत संगठनले माग गरेको छ । यसैगरी संगठनले विपन्न वर्गका लागि राहतको माग पनि गरेको छ ।

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उसले भनेको छ- 'सरकारको अदूरदर्शिता र कार्यक्षमताको कमीका कारण कोरोनाको कहरले भन्दा पनि भोक र अभावको डरले जनता दुखित र चिन्तित छन् ।'


कस्तो लाग्यो ?

यो पनि