बैशाख २०, २०८१, बिहीबार
               

राप्रपा युवाले दिए ट्राफिकलाई मास्क

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले नोबेल कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अनवरत रूपमा सडकमा खट्ने ट्राफिक प्रहरीलाई ६ सय थान मास्क हस्तान्तरण गरेको छ ।

सङ्गठनका उपाध्यक्ष कैलाश कटुवाल र सचिव हिकमतजंग कार्कीले मङ्गलवार स्वास्थ्य प्रोटोकलको मान्यतामा रहँदै पुतलीसडकस्थित उपत्यका ट्राफिक कार्यालयमा एसएसपी भीमप्रसाद ढकाललाई मास्क हस्तान्तरण गरेका हुन् ।

सङ्गठनका उपाध्यक्ष कटुवालले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि खेलेको भूमिकालाई धन्यवाद दिए । त्यस्तै उनले देशभित्र भाइरसको संक्रमण रोक्न सरकारको प्रयास सकारात्मक रहेको भन्दै हरेक नागरिकले यस अभियानमा साथ दिनुपर्नेमा जोड दिए ।

त्यस्तै सचिव कार्कीले राप्रपाले कोरोना नियन्त्रण कोषमा यसअघि नै पाँच लाख रुपैयाँ सहयोग गरिसकेको स्मरण गराए । साथै उनले आगामी दिनमा पनि अझै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा एसएसपी ढकालले सङ्गठनलाई धन्यवाद दिँदै नेपालीमा सहयोगको भावना प्रबल रहेको र नागरिक तहबाट हुने यस प्रकारको सहयोग र ऐक्यबद्धताबाट ट्राफिक प्रहरीलाई हौसला मिल्ने बताए ।

 


कस्तो लाग्यो ?

यो पनि