जेठ ०८, २०८१, मंगलबार
               

सरकारलाई कांग्रेस सभापति देउवाको यस्तो ध्यानाकर्षण

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने उल्लेख गरेका छन् । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, कैलाली र कञ्चनपुरलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरेपछि आफूले त्यस्तो महसुस गरेको सभापति देउवाले उल्लेख गरेका छन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “व्यापक परीक्षण गर्न तत्काल गति बढाउनु पर्ने स्थिति छ, सरकारको ध्यानाकर्षण गराउँछु ।”

यो पनि