जेठ ०४, २०८१, शुक्रबार
               

नाकामा नेपाली रोकिनु सरकारको अक्षमता : कमल थापा

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल फर्किँदै गरेका नेपाली नागरिक नाकामा रोकिनुपर्ने अवस्थाप्रति चिन्ता जनाएका छन् ।

अध्यक्ष थापाले ट्वीट गर्दै भारतमा रहेका नेपालीहरू सीमामा रोकिनु कदापि उचित नभएको उल्लेख गर्दै यसबारे सरकारले गर्ने बहानालाई सरकारको लाचारी र अक्षमता भएको टिप्पणी गरेका हुन् ।

उनले अरू देशले जहाज चार्टर गरेर आफ्ना नागरिक घर फर्काइरहेकोसमेत उल्ले गरेका छन् ।

थापाले मङ्गलवार नै अर्को ट्वीट गर्दै कोरोना सङ्क्रमणबाट जोगिन ध्यानाकर्षण गरेका छन् । देशभित्रका नागरिकलाई लक्षित गर्दै उनले अहिले जो जहाँ छ, त्यही बस्न उत्तम हुने जनाएका छन् ।

त्यसैगरी स्वदेश फर्कने क्रममा सीमामा रहेका नेपालीको स्वास्थ्य परीक्षण, अनिवार्य क्वारेन्टाइन र उनीहरूलाई घरसम्म पुग्ने वातावरण बनाउन अध्यक्ष थापाले सरकारसँग माग गरेका छन् । उपप्रधान तथा गृहमन्त्री रहेर काम गरिसकेका राप्रपा अध्यक्ष थापाले कर्तव्यबाट सरकार पन्छिन नमिल्ने भन्दै सो कामको लागि आवश्यकता परे सुरक्षा अङ्ग परिचालन गर्न सरकारलाई आग्रह गरेका छन् ।

भैरहवा, कञ्चनपुरलगायतका नाकामा नेपाली नागरिक अलपत्र परेका छन् । नेपाल र भारत दुवैतर्फ लकडाउन भएकोले उनीहरू कष्टकर जीवन बिताउन बाध्य छन् ।

यो पनि