जेठ ०९, २०८१, बुधबार
               

विदेशबाट फर्केर सरकारको सम्पर्कमा नआएकाहरुलाई कडा कारबाही हुने

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

काठमाडौं । विदेशबाट फर्केर क्वारेन्टाइनमा नबसेका र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही हुने भएको छ । 

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझै पनि सरकारको सम्पर्कमा पनि नआएकाले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले क्वारेन्टाइनमा नबस्ने तथा सरकारको सम्पर्कमा नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय निर्देशन गरेको, तर अहिलेसम्म धेरैले त्यसलाई पलना नगरेको भन्दै सरकारले विदेशबाट नेपाल आउनेहरुलाई क्वारेनटाइन र सरकारको सम्पर्कमा आउन आग्रह गरेको छ ।  

‘संक्रमित भएर पनि लुकेर बस्ने, जति सम्पर्क गर्दा पनि नआउने प्रवृत्ति देखिएकाले संक्रमण रोग ऐनको दफाअनुसार कडा कैद सजाय गर्ने निर्णय भएको छ’ समिति सचिवालयका प्रवक्ता सचिव नारायण विडारीले जानकारी दिए । 

यो पनि